logo

२०८१ माघ ७ सोमबार

logo
  • सोमबार, ७ माघ २०८१
  • जलेश्वर नगरपालिकाकाका मेयर-उपमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    जलेश्वर नगरपालिकाकाका मेयर-उपमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    689
    SHARES
    जलेश्वर नगरपालिकाकाका मेयर-उपमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    जनकपुरधाम । महोत्तरीको जलेश्वर नगरपालिकाका मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । मेयर सुरेश साह सेनार, उपमेयर रौशन खातुन र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकाल सहित १२ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार भ्रष्टाचार मुद्दा चलाएको हो ।



    जलेश्वर नगरपालिका–१ हाटबजार क्षेत्रमा भएको ढलानमा गुणस्तरहीन काम गरेर भ्रष्टाचार गरेको आरोपमा आयोगले मेयर, उपमेयर, वडा नं। १ का वडाध्यक्ष अनिलकुमार झा, प्रमुख प्रशासकीय अधिकृतसहित अरु कर्मचारी र उपभोक्ता समितिका पदाधिकारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको हो ।

    अख्तियारले उक्त योजनामा भएको कामभन्दा ५ लाख ८४ हजार ६३७ रुपैयाँ बढी भुक्तानी भएको भन्दै त्यति रकम बिगो माग दाबी गरेको छ । भ्रष्टाचार मुद्दा लाग्ने अन्य कर्मचारीमा अधिकृत छैटौँ धीरेन्द्र झा, वरिष्ठ इन्जिनियर पवनकुमार झा, इन्जिनियर राकेशकुमार चौधरी र सव–इन्जिनियर दिपेशकुमार साह, कार्यपालिका सदस्य सोगरा खातुन, उपभोक्ता समितिका अध्यक्ष राकेशकुमार साह, सचिव सिकेन्द्र चौधरी र कोषाध्यक्ष सन्तोषी देवी छन् ।


    फास्ट न्युज
  • बिहिबार, २७ बैशाख २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट