काठमाडौं । नेपाली कांग्रेसको बैठक सानेपामा सुरु भएको ३० मिनेटमै सभापति देउवाले समापन गरेकाछन्। पार्टी उपसभापति पुर्णबहादुर खड्कालाई दैनिक कार्यसंचालनको अविभारा सुम्पदै कार्यवाहक तोकेर देउवाले आजको बैठक समापन गरेका थिए।

भदौ २३/२४ गत्तेको जेन्जी आन्दोलन पश्चात् कांग्रेस केन्द्रीय समितिको यो पहिलो बैठक हो। आन्दोलनको क्रममा आक्रमणमा परि घाइते भएका देउवा पार्टीको बैठक मार्फत पहिलो चोटि सार्वाजानिक भएका हुन। सभापति देउवा कार्यकर्ताहरुको ठूलो उपस्थितिमा पार्टी कार्यलय प्रवेश गरेका थिए।

उनी बैठक स्थल प्रवेश गर्दै गर्दा उनलाई स्वागत गर्न कार्यकर्ताहरुको ठूलो भिड उपस्थित भए पनि उनिहरुलाई छल्दै देउवा पछाडिको गेटवाट पत्नी आरजु संग कार्यलय प्रवेश गरेका थिए ।
देउवालाई स्वागत गर्न विभिन्न स्थानवाट निकालिएको र्यालीलाई प्रहरीले अवरोध गरेको नेविसंघका नेता सुशान्त बस्नेतले बताए। उनले भने” कांग्रेस नेता शुभराम बस्नेतको नेतृत्वमा हामी पाँच हजार भन्दा बढी समर्थकहरुको र्यालीलाई सुनधारा र कालिमाटी क्षेत्रमा रोक्ने प्रयास गर्यो।” उनका अनुसार करिव डेडघण्टा जति प्रहरी र शुभराम बस्नेत समूह विच झडप र बिवाद भएको थियो।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया