logo

२०८२ कार्तिक २९ शुक्रबार

logo
  • २०८२ कार्तिक २८
  • कांग्रेस सांसद गुरुङको फुकुवा भयो निलम्बन

    805Shares
    कांग्रेस सांसद गुरुङको फुकुवा भयो निलम्बन

    काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । सर्वोच्च अदालतले गुरुङलाई निलम्बन गर्नेसम्बन्धी संसद् सचिवालयको सूचना बदर गर्ने आदेश दिएपछि उनको निलम्बन फुकुवा भएको हो ।

    भ्रष्टाचार मुद्दा खेपिरहेकै बेला गुरुङ ०७९ को निर्वाचनमा निर्वाचित भएका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्रानुसार संसद् सचिवालयले ०७९ पुस १२ गते उनी निलम्बन भएको सूचना प्रकाशित गरेको थियो ।

    सर्वोच्चले सो निलम्बनसम्बन्धी सूचना बदर गर्न आदेश दिएको हो । संसद् सचिवालयले त्यसबारे सूचना प्रकाशित गरी जानकारी गराएको छ । गुरुङको अब संसद् जाने बाटो खुलेको छ ।



    फास्ट न्युज    
  • २०८१ बैशाख १२, बुधबार १२:४९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार