logo

२०८२ जेष्ठ १ बुधबार

logo
  • बुधबार, १ जेष्ठ २०८२
  • देशभर गर्मी बढ्यो, तातो हावाले तराईकाे जनजीवन प्रभावित

    देशभर गर्मी बढ्यो, तातो हावाले तराईकाे जनजीवन प्रभावित

    1K
    SHARES
    देशभर गर्मी बढ्यो, तातो हावाले तराईकाे जनजीवन प्रभावित

    काठमाण्डौ। एक हप्तायता देशभर गर्मी बढेको छ । तराईका विभिन्न ठाउँमा तातो हावा चल्न थालेको छ । धनगढी, नेपालगञ्ज, भैरहवा, सिमरा र जनकपुरको तापक्रम ३८ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ ।



    अझ जनकपुर र भैरहवाको तापक्रम ४० डिग्री सेल्सियसभन्दा पनि धेरै छ । अस्ति शनिवार भैरहवाको तापक्रम ४३ दशमलव ६, नेपालगञ्जको ४२ दशमलव २ र धनगढीको ४२ दशमलव २ डिग्री सेल्सियस पुगेको थियो । हिजो बादल लागेकाले ती ठाउँको तापक्रम थोरै घटे पनि आजदेखि फेरि बढ्ने सम्भावना रहेको मौसमविद् गोविन्द झाले बताउनुभयो ।

    तराईका विभिन्न ठाउँमा तातो हावा चलेर तापक्रम ुलुु को अवस्थामा पुगे पनि जल तथा मौसम विज्ञान विभागले लुु चलेको आधिकारिक घोषणा गरिसकेको छैन । सामान्यतया लगातार तीन दिन वा त्योभन्दा धेरै समयसम्म असामान्य रूपमा तापक्रम बढ्दा लुु चलेको घोषणा गरिन्छ ।

    यसको निश्चित मापदण्ड नभए पनि निरन्तर तापक्रम ४० डिग्रीभन्दा माथि पुग्यो भने ञलुु चलेको घोषणा गर्ने गरिएको मौसमविद् झाले उज्यालोलाई जानकारी दिनुभयो । तत्काल पानी पर्ने सम्भावना नभएकाले देशभरको तापक्रम अझ बढ्न सक्ने उहाँको भनाइ छ ।

    काठमाण्डौको तापक्रम ३३ दशमलव ५ डिग्री सेल्सियससम्म पुगेको छ । आज पनि बिहानैदेखि गर्मी छ ।गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै ठाउँमा तथा कोशी र बागमती प्रदेशको पहाडी भूभागका एक, दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार आज मधेश प्रदेशका केही ठाउँ तथा कोशी र लुम्बिनी प्रदेशका तराई भूभागका थोरै ठाउँमा हावाहुरीको सम्भावना रहेको छ ।


    फास्ट न्युज
  • सोमबार, १० बैशाख २०८१
  • सम्बन्धित समाचार