logo

२०८२ माघ ११ आईतवार

logo
  • २०८२ माघ ११ आईतवार
  • देशभर गर्मी बढ्यो, तातो हावाले तराईकाे जनजीवन प्रभावित

    844Shares
    देशभर गर्मी बढ्यो, तातो हावाले तराईकाे जनजीवन प्रभावित

    काठमाण्डौ। एक हप्तायता देशभर गर्मी बढेको छ । तराईका विभिन्न ठाउँमा तातो हावा चल्न थालेको छ । धनगढी, नेपालगञ्ज, भैरहवा, सिमरा र जनकपुरको तापक्रम ३८ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ ।

    अझ जनकपुर र भैरहवाको तापक्रम ४० डिग्री सेल्सियसभन्दा पनि धेरै छ । अस्ति शनिवार भैरहवाको तापक्रम ४३ दशमलव ६, नेपालगञ्जको ४२ दशमलव २ र धनगढीको ४२ दशमलव २ डिग्री सेल्सियस पुगेको थियो । हिजो बादल लागेकाले ती ठाउँको तापक्रम थोरै घटे पनि आजदेखि फेरि बढ्ने सम्भावना रहेको मौसमविद् गोविन्द झाले बताउनुभयो ।

    तराईका विभिन्न ठाउँमा तातो हावा चलेर तापक्रम ुलुु को अवस्थामा पुगे पनि जल तथा मौसम विज्ञान विभागले लुु चलेको आधिकारिक घोषणा गरिसकेको छैन । सामान्यतया लगातार तीन दिन वा त्योभन्दा धेरै समयसम्म असामान्य रूपमा तापक्रम बढ्दा लुु चलेको घोषणा गरिन्छ ।

    यसको निश्चित मापदण्ड नभए पनि निरन्तर तापक्रम ४० डिग्रीभन्दा माथि पुग्यो भने ञलुु चलेको घोषणा गर्ने गरिएको मौसमविद् झाले उज्यालोलाई जानकारी दिनुभयो । तत्काल पानी पर्ने सम्भावना नभएकाले देशभरको तापक्रम अझ बढ्न सक्ने उहाँको भनाइ छ ।

    काठमाण्डौको तापक्रम ३३ दशमलव ५ डिग्री सेल्सियससम्म पुगेको छ । आज पनि बिहानैदेखि गर्मी छ ।गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै ठाउँमा तथा कोशी र बागमती प्रदेशको पहाडी भूभागका एक, दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार आज मधेश प्रदेशका केही ठाउँ तथा कोशी र लुम्बिनी प्रदेशका तराई भूभागका थोरै ठाउँमा हावाहुरीको सम्भावना रहेको छ ।



    फास्ट न्युज    
  • २०८१ बैशाख १०, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट