logo

२०८३ बैशाख ९ बुधबार

logo
  • २०८३ बैशाख ९ बुधबार
  • तीनकुनेमा प्रहरी र राजावादी समूहबीच झडप, अश्रुग्यास प्रहार

    937Shares
    तीनकुनेमा प्रहरी र राजावादी समूहबीच झडप, अश्रुग्यास प्रहार

    काठमाडौं । काठमाडौंको तीनकुनेमा प्रहरी र राजावादी समूहबीच झडप भइरहेकाे छ । राजावादीको प्रर्दशनस्थल तीनकुने पुगेका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको हो ।

    प्रहरीले प्रदर्शनका लागि तीनकुनेमा छुट्टै स्थान तोकेको थियो । तर, उनीहरू प्रहरीले निषेध गरेको क्षेत्र तोडेर बानेश्वरतर्फ जान खोजेपछि झडपको स्थिति सिर्जना भयाे।  प्रहरीले अश्रुग्यास प्रहार गरिरहेकाे छ।

    प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले दर्जनाैं सेल अश्रुग्यास प्रहार गरेको छ ।  यसअघि पनि उनीहरू बानेश्वरतर्फ जान खोजेका थिए । तर, प्रहरीले बल प्रयोग गरेपछि उनीहरू पछि हटेका थिए ।



    फास्ट न्युज    
  • २०८१ चैत्र १५, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट