logo

२०८३ बैशाख ११ शुक्रबार

logo
  • २०८३ बैशाख ११ शुक्रबार
  • देउवाले गरे कांग्रेसका सबै तहमा प्लास्टिकरहित क्षेत्र घोषणा

    1.1KShares
    देउवाले गरे कांग्रेसका सबै तहमा प्लास्टिकरहित क्षेत्र घोषणा

    काठमाडौं । नेपाली कांग्रेसले अफ्ना सबै तहका कार्यालयमा प्लास्टिक प्रतिवन्ध गर्दै प्लास्टिकरहित क्षेत्र घोषणा गरेको छ । कांग्रेसको वातावरण तथा जलवायु परिवर्तन सरोकार विभागद्वारा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री एवम् पार्टी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यस्तो घोषणा गरेका हुन्।

    यही जुन ५ तारिखदेखि लागु हुने गरी पार्टी र पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्थाका सबै कार्यालयलाई प्लास्टिकरहित क्षेत्र घोषणा गरिएको हो । सभापति देउवाले भने” विश्व वातावरण दिवसका दिनदेखि लागू हुने गरी पार्टी मातहतका सम्पूर्ण कार्यालयका साथै भ्रातृ एवम् शुभेच्छुक संस्थाका कार्यालय र विदेशस्थित नेपाली जनसम्पर्क समितिका कार्यालयलाई प्लास्टिकरहित क्षेत्र घोषणा गरेको छु।”

    वातावरण तथा जलवायु परिवर्तन सरोकार विभागद्वारा आयोजित कार्यक्रमका सहभागी अतिथिहरु:

    उनले वातावरणमा परेको नकारात्मक असरलाई सुधार गर्न गरिएको घोषणा कार्यान्वयनमा पार्टीका सबै तहको सकारात्मक सहयोग हुने विश्वास व्यक्त गरे। सन् २०२४ सबैभन्दा तातो वर्षका रूपमा पुष्टि हुन आएको छ, ढिलो नगरी जलवायु परिवर्तनका असरलाई कम गर्नुपर्ने छ।

    नेपालले जलवायु न्यायको लागि अन्तरराष्ट्रिय मञ्चमा आवाज उठाउँदै आइरहेको बताउदै स्रोतसाधनको सीमितताका बीच नेपालले जलवायु परिवर्तनको असर कम गर्न काम गर्दै आइरहेको र  संयुक्त राष्ट्रसङ्घमा पनि नेपालले जलवायु परिवर्तनबारे आवाज उठाउँदै आएको  जानकारी दिए।

    उनले विकास निर्माणका क्रममा वातावरणीय पक्षको क्षति हुँदै गइरहेको भन्दै यसमा सचेत रहन ध्यानाकर्षण गराए। हामीलाई विकास मात्रै होइन दिगो विकास चाहिएको छ भन्दै सभापति देउवाले जलवायु परिवर्तनले अर्थतन्त्रको आधार स्तम्भमा नकारात्मक असर पारेकामा चिन्ता समेत व्यक्त गरे।

    वातावरणमा परेका नकारात्मक प्रभाव कम गर्न पेट्रोलियम पदार्थको सट्टा विद्युतीय सवारी प्रयोगलाई ध्यान दिनुपर्ने र विद्यालय र विश्वविद्यालयमा जलवायुमैत्री शिक्षा दिइनुपर्नेमा सभापति देउवाले जोड दिए। नेपाली कांग्रेसको केन्द्रिय सदस्य एवं वातावरण तथा जलवायु परिवर्तन सरोकार विभाग प्रमुख कल्याण गुरुङले वर्तमान अवस्थामा हाम्रो वातावरण एकदमै विग्रदै गैरहेकोले मानव जीवन नै शंकटमा पर्ने अवस्था बाट सचेत रहनुपर्ने बताए।

    गुरुङले जलवायु परिवर्तन र वातावरण प्रदुषणमा प्लास्टिक जन्य बस्तुबाट अकल्पनीय असर पर्ने भएकोले सचेतना स्वरुप यसको प्रयोगमा कमी ल्याउन नेपाली कांग्रेसले अभियान थालेको बताए। उनले भने “वातावरण प्रदुषणमा प्लास्टिक जन्य बस्तुबाट अकल्पनीय असर पर्ने भएकोले सचेतना स्वरुप यसको प्रयोगमा कमी ल्याउन नेपाली कांग्रेसले अभियान थालेको छ। तर यो मात्र पर्याप्त होइन, यसमा राज्यले नै प्रभावकारी नीति ल्याउन जरुरी छ।”  कार्यक्रममा जलवायु सङ्कटको सन्दर्भमा वातावरण तथा जलवायु विज्ञ डा विजय थापाले र मञ्जित ढकालले कार्यपत्र प्रस्तुत गरेका थिए ।



    फास्ट न्युज    
  • २०८२ जेष्ठ १९, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट