एजेन्सी| अमेरिकी चुनावमा डोनाल्ड ट्रम्पको जितपछि इरानले पनि प्रतिक्रिया दिएको छ।
बुधबार सरकारी टिभी च्यानल आईआईबीमा इरान सरकारका प्रवक्ता फतेमेह मोहजेरानीले इरानमा ट्रम्पको विजयको सम्भावित प्रभावलाई खारेज गरिन्।
इरान र इजरायलबीच अहिले तनाव छ। इरानी सरकारका प्रवक्ताले भने, ‘अमेरिकी राष्ट्रपतिको चुनावले हामीलाई केही फरक पर्दैन। अमेरिका र इरानमा सरकार परिवर्तनले खासै परिवर्तन हुनेवाला छैन। ह्वाइट हाउसमा जोसुकै बसे पनि यसले हाम्रा जनताको जीवनमा कुनै असर गर्दैन।’
ट्रम्पले आफ्नो पहिलो कार्यकालमा सन् २०१६ मा इरानसँगको परमाणु सम्झौता अन्त्य गरिदिएका थिए । इरानसँगको परमाणु सम्झौता बराक ओबामाको कार्यकालमा भएको थियो ।
पछिल्लो एक वर्षभन्दा लामो समयदेखि गाजामा इजरायल तथा हमासबीच संघर्ष जारी छ । उता अमेरिकी चुनावका क्रममा सार्वजनिक एक सर्वेक्षणले इजरायलका लागि कमला ह्यारिसका तुलनामा ट्रम्प बढी सकारात्मक हुने कुरा इजरायलीले मान्ने देखाएको थियो ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया