logo

२०८३ बैशाख ९ बुधबार

logo
  • २०८३ बैशाख ९ बुधबार
  • तेक्वान्दो नेपाली टोली उज्वेकिस्तान प्रस्थान

    925Shares
    तेक्वान्दो नेपाली टोली उज्वेकिस्तान प्रस्थान

    काठमाडौँ :आईटीएफ तेक्वान्दो विश्वकप–२०२४ मा सहभागी हुन नेपाली टोली आज उज्वेकिस्तान प्रस्थान गरेको छ ।

    आजदेखि यही कात्तिक २३ गतेसम्म हुने उक्त प्रतियोगिताको पुरुष ५८ किलोमुनि तौलमा सुरेन्द्र अदै तथा ५२ किलोमुनि तौलमा खगेन्द्र घर्ती मगरले नेपालको तर्फबाट प्रतिस्पर्धा गर्ने छन् ।

    यस्तै महिला ५७ किलोमुनि तौलमा नविना विश्वकर्मा र ५२ किलोमुनि तौलमा वसन्ती डाँगीले प्रतिस्पर्धा गर्नेछन् । टोली प्रमुखमा नेपाल अन्तराष्ट्रिय तेक्वान्दो महासङ्घका महासचिव घमबहादुर थापा मगर र प्रशिक्षकमा होमबहादुर सुनार रहेका छन् । महासचिव मगरसहित विक्रम बाठा मगरले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्ने छन् ।

    टोलीलाई सफलताको शुभकामना दिँदै युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले आज एक कार्यक्रमबीच बिदाइ गर्नुभयो ।



    फास्ट न्युज    
  • २०८१ कार्तिक १६, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट