logo

२०८३ बैशाख ८ मंगलवार

logo
  • २०८३ बैशाख ८ मंगलवार
  • मेक्सिकोका ७ जना फुटबल खेलाडी कडा कारबाहीमा

    940Shares
    मेक्सिकोका ७ जना फुटबल खेलाडी कडा कारबाहीमा

    मेक्सिको सिटी । म्याच फिक्सिङको आरोपमा मेक्सिकोमा सात जना फुटबल खेलाडी निलम्बनमा परेका छन् । सट्टेबाजी र म्याच फिक्सिङमा संलग्न भएको आरोपमा मेक्सिकन फुटबल सङ्घले तेस्रो डिभिजनका दुई वटा क्लबका सात जना खेलाडीलाई संयुक्त रूपमा ५७ वर्षका लागि निलम्बन गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

    प्रतिबन्धमा पर्नेहरूमा ६ जना रियल अपोडाकाका र एक जना कोरेकामिनोस यूएटीका खेलाडी रहेका खबरमा उल्लेख छ । मेक्सिको फुटबल सङ्घको अनुशासन आयोग र क्लबहरूले निलम्बरमा परेका खेलाडीहरूको नाम खुलाएका छैनन् । यस्तै कुन–कुन खेलमा फिक्सिङ भएको थियो भन्नेबारे जानकारी प्राप्त भएको छैन ।

    अपोडाका र कोरिकामिनोसका एकरएक जना खेलाडीलाई १६ वर्षका लागि तथा तीन जना खेलाडीलाई सात वर्ष र दुई जनालाई दुई वर्षका लागि निलम्बन गरिएको छ ।

    सन् २०२३ मा स्थापना भएको रियल अपोडाकाले यही हप्ता आफ्ना ६ जना खेलाडीलाई निलम्बन गरिसकेको थियो । स्थानीय मिडियाका अनुसार रियल अपोडाकाका खेलाडीहरूले खेल जानीबुझी हारेका थिए ।



    फास्ट न्युज    
  • २०८१ फाल्गुन ४, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट