काठमाडौं । सुप्रिम सहकारीका पीडितहरुले रुपन्देहीको बुटवलमा विरोध प्रदर्शन गरिरहेका छन् । मंगलबार सहकारी ठगीका आरोपित छवीलाल जोशीको रुपन्देहीस्थित सरकारी वकिलको कार्यालयमा बयान चलिरहँदा पीडितहरुले अदालत बाहिर प्रदर्शन गरेका हुन् ।
उनीहरूले सहकारीको बचत रकम फिर्ता गर,सहकारी ठगलाई कारबाही गर,जीबि,रवि,छविलाई कारबाही गर लगायतका नारा लगाउँदै प्रदर्शन गरेका थिए ।
६ असोजमा जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको उनलाई सोमबार बयानका लागि रुपन्देही लगिएको थियो । जोशीको बयान चलिरहँदा जिल्ला अदालत नजिकै सहकारी पीडितहरूले प्रदर्शन गरेका छन् ।
राई फरार छन् भने रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेर पोखरा लगेको छ । लामिछानेमाथि अनुसन्धानका लागि कास्की जिल्ला अदालतले प्रहरीलाई ६ दिनको म्याद दिएको छ ।
उनीहरूले बचत रकम फिर्ता गर, हाम्रो रगत-पसिनाको कमाइ फिर्ता गर, सहकारी ठगी बन्द गर, दोषीलाई कारबाही गर, सागर केसीलाई पक्राउ गर, जीबी राईलाई पक्राउ गरलगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरिरहेका छन् ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया