logo

२०८३ बैशाख ८ मंगलवार

logo
  • २०८३ बैशाख ८ मंगलवार
  • अदालतमा जोशीको बयान चलिरहँदा बाहिर सुप्रिम सहकारी पीडितको प्रदर्शन

    868Shares
    अदालतमा जोशीको बयान चलिरहँदा बाहिर सुप्रिम सहकारी पीडितको प्रदर्शन

    काठमाडौं । सुप्रिम सहकारीका पीडितहरुले रुपन्देहीको बुटवलमा विरोध प्रदर्शन गरिरहेका छन् । मंगलबार सहकारी ठगीका आरोपित छवीलाल जोशीको रुपन्देहीस्थित सरकारी वकिलको कार्यालयमा बयान चलिरहँदा पीडितहरुले अदालत बाहिर प्रदर्शन गरेका हुन् ।

    उनीहरूले सहकारीको बचत रकम फिर्ता गर,सहकारी ठगलाई कारबाही गर,जीबि,रवि,छविलाई कारबाही गर लगायतका नारा लगाउँदै प्रदर्शन गरेका थिए ।

    ६ असोजमा जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको उनलाई सोमबार बयानका लागि रुपन्देही लगिएको थियो । जोशीको बयान चलिरहँदा जिल्ला अदालत नजिकै सहकारी पीडितहरूले प्रदर्शन गरेका छन् ।

    राई फरार छन् भने रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेर पोखरा लगेको छ । लामिछानेमाथि अनुसन्धानका लागि कास्की जिल्ला अदालतले प्रहरीलाई ६ दिनको म्याद दिएको छ ।

    उनीहरूले बचत रकम फिर्ता गर, हाम्रो रगत-पसिनाको कमाइ फिर्ता गर, सहकारी ठगी बन्द गर, दोषीलाई कारबाही गर, सागर केसीलाई पक्राउ गर, जीबी राईलाई पक्राउ गरलगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरिरहेका छन् ।



    फास्ट न्युज    
  • २०८१ कार्तिक ६, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट