logo

२०८३ बैशाख ९ बुधबार

logo
  • २०८३ बैशाख ९ बुधबार
  • प्रधानमन्त्री ओलीलाई खोटाङे नेताहरुले भने- प्राकृतिक नाकाबन्दीमा पर्यौ

    1.5KShares
    प्रधानमन्त्री ओलीलाई खोटाङे नेताहरुले भने- प्राकृतिक नाकाबन्दीमा पर्यौ

             काठमाडौं । गत असोज ९ देखि १३ गत्ते सम्म परेको भीषण वर्षाको कारण खोटाङ जिल्लामा ठूलो मात्रामा क्षति भएको भन्दै खोटाङेहरुले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण पत्र बुझाएको छ।

    खोटाङमा कृयाशिल राजनीतिक दलहरुको सर्वदलीय प्रतिनिधि मण्डलले प्रधानमन्त्री निवास बालुवाटारमा उक्त ज्ञापनपत्र बुझाएको हो। अविरल बर्षाले खोटाङ जिल्लामा प्रत्यक्ष मानविय क्षति नभए पनि ठूलो मात्रामा भौतिक पुर्वाधार र संरचनाको साथै पशु चौपायाहरुको क्षति भएको थियो।

    खोटाङलाई प्रदेश राजधानी संग जोड्ने सुनकोसी नदीको फोक्सिङटार मोटरेवल पुल बर्षाकै कारण बाढीले बगाएपछि खोटाङ प्राकृतिक नाकाबन्दीमा परेको भन्दै यसको लागि सरकारले तत्काल काम अगाडि बढाउनुपर्ने माग सहित सडक,  सिंचाइ तथा खानेपानी जस्ता महत्त्वपूर्ण बिषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको नेपाली कांग्रेसका जिल्ला सभापति बिष्णुकुमार राईले फास्ट न्युज सेभेनलाई जानकारी दिनु भयो।

    राईका अनुसार खोटाङ प्रतिनिधि सभा सदस्य मा. रामकुमार राई (पासाङ) को संयोजकत्वमा प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस एमाले माओवादी जसपा रास्वपा  लगायत दलका प्रतिनिधीहरु संविधान सभा सदस्य उषाकला राई,समिता कार्की  पुर्व माननियहरु टंक राई, कुलप्रसाद फुयाल एमाले केन्दृय सदस्य खगेन्द्र राई,

    रमेश पौडेल, नेपाली कांग्रेसका जिल्ला प्रवक्ता रोजन राई, जसपा नेता रमेश राई, सुनिल राई, रास्वपा नेता रबिन्द्र ओझा, बौद्धिक ब्यक्तित्व डा. बिष्णु राई, प्राज्ञ डा. धन प्रसाद सुबेदि, डा. देबेन्द्र बस्नेत , तरुण नेता प्रविण केसी, खोटाङ सेवा समाजका अध्यक्ष राकेश राई, खोटाङ्ग कलाकार समाजका अध्यक्ष रुप कुमार राई, समाजसेवी तथा युवा  व्यवसायी कर्णराज कटुवाल, जेपी श्रेष्ठ  लगायत ठूलो संख्यामा खोटाङेहरुको उपस्थित थियो ।
    सोही अवसरमा समग्र जिल्लाको ध्यानाकर्षण पत्र संघिय सांसद रामकुमार राई (पासाङ) ले हस्तान्तरण गर्नुभएको थियो भने स्थानिय सरकारको समस्या बारे दिक्तेल रुपाकोट मझुवागढीका मेयर तिर्थ भट्टराईले हस्तान्तरण गर्नुभएको थियो।



    फास्ट न्युज    
  • २०८१ आश्विन ३०, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट