logo

२०८३ बैशाख २२ मंगलवार

logo
  • २०८३ बैशाख २२ मंगलवार
  • मनकामना केबलकार तीन दिन बन्द गरिने

    871Shares
    मनकामना केबलकार तीन दिन बन्द गरिने

    काठमाडौं । मनकामना केबलकार तीन दिन बन्द गरिने भएको छ । मर्मत-सम्भारका साथै केबलकारको लट्ठा समेत छोट्ट्याउने कामका निम्ति यही असोज २९, ३० र कात्तिक १ गतेसम्म तीन दिन बन्द गरिने भएको हो ।

     

    मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्ज्वल शेरचनका अनुसार, केबलकार कात्तिक २ गतेदेखि नियमित सञ्चालनमा ल्याइनेछ । यसअघि, विजयादशमी र एकादशीको दिन पनि केबलकार बन्द गरिएको । आज भने केबलकार सञ्चालन गरिएको छ ।

     

    गोरखाको सहिद लखन गाउँपालिकास्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीलाई सहजताका निम्ति ०५५ मंसिर ८ गतेदेखि मनकामना केबलकार सञ्चालनमा ल्याइएको हो । केबलकारको प्रवेशद्वार बटम स्टेसन भने चितवनको इच्छकामना गाउँपालिका-४, चेरेसमा छ ।



    फास्ट न्युज    
  • २०८१ आश्विन २८, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट