logo

२०८३ जेष्ठ २९ शुक्रबार

logo
  • २०८३ जेष्ठ २९ शुक्रबार
  • क्योकुसिनर्युका विश्व च्याम्पियन बर्जलाई विमानस्थलमा भव्य स्वागत

    1KShares
    क्योकुसिनर्युका विश्व च्याम्पियन बर्जलाई विमानस्थलमा भव्य स्वागत

           काठमाडौं । चीनमा भएको क्योकुसिनर्युमा विश्व च्याम्पियन बनेर फर्केका बर्ज कुमार राईलाई राष्ट्रिय खेलकुद परिषदका पदाधिकारी एवं नेपाली समर्थकहरुले विमानस्थलमा भव्य स्वागत गरेका थिए।
    मंगलबार स्वदेश फर्केका बर्ज र उनका टिमलाई बधाई संगै स्वागत गर्न पुगेका उनका समर्थकहरुले उनले नेपालको इज्जत विश्व सामु राखेकोमा गर्व लागेको वताए।

    नेपाली खेलाडी बर्जकुमार राईले अन्तर्राष्ट्रिय कराँते संगठन क्योकुसिनर्यु (आईकेएके)ले आयोजना गरेको च्याम्पियनसिप जितेका थिए ।
    पहिलो राउन्डमा चिनियाँ खेलाडीलाई हराएका हराएर विजयी यात्रा सुरु गरेका राईले सिनियरतर्फ ८० किलोभन्दा माथिको समूहमा पोल्यान्डका खेलाडीलाई पराजित गरी विश्व विजेता बनेको अफिसियल ऋतुबर्तन राईले बताए।

    बर्ज संगै गएका अर्का खेलाडी केल्साङ तामाङ भने पहिलो राउन्डबाटै बाहिरिइन्। उनले जुनियर महिला समूहमा चिनियाँ खेलाडीसँग प्रतिस्पर्धा गरेकी थिइन्।



    फास्ट न्युज    
  • २०८१ आश्विन २३, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट