logo

२०८२ फाल्गुन २६ मंगलवार

logo
  • २०८२ फाल्गुन २६ मंगलवार
  • कल्याण गुरुङले उपसभापति र वन मन्त्रीलाई बोकाए झाडु

    1.6KShares
    कल्याण गुरुङले उपसभापति र वन मन्त्रीलाई बोकाए झाडु

    काठमाडौं । वातावरण विभाग प्रमुख कल्याण कुमार गुरुङले पार्टीका उपसभापति धनराज गुरुङ र नेपाल सरकारका वन तथा वातावरण मन्त्री ऐन वहादुर शाहीलाई निम्तो गरी पार्टीकार्यलय सफाई अभियानमा सहभागि गराएका हुन। नेपाली कांग्रेस वातावरण तथा जलवायु परिवर्तन सरोकार विभागको अगुवाइमा कांग्रेसको पार्टी कार्यालय र पार्टी कार्यलय परिसर वरपर सरसफाई गरेको छ ।

    केही दिन अघिको अविरल बर्षा र बिभिन्न नदीमा आएको बाढी र भलले बगाएर ल्याएको फोहोरहरु तत्काल सफा गर्न आवश्यक देखिएको भन्दै कल्याण कुमार गुरुड स‍योजक रहेको नेपाली कांग्रेस, वातावरण तथा जलवायु परिवर्तन सरोकार विभागले सफाइ कार्यक्रमको अयोजना गरेको हो।   

    पार्टीको उपसभापति धनराज गुरुङ र वन तथा वातावरण मन्त्री ऐन बहादुर शाहीले झाडु र सावेल चलाएर प्रारम्भ गरेकको अभियानले नेपाली कांग्रेस, केन्द्रीय कार्यालय, सानेपा परिसर, पार्टी कार्यालय वरपर र नदी किनारको सरसफाई गरेको छ।

    सफाई कार्यक्रममा केन्द्रीय सदस्यहरु लक्ष्मी परियार, लक्ष्मी खतिवडा, कुन्दन राज काफ्ले, नानु बास्तोला अधिवक्ता सञ्जिव लामा लगायत तरुणदल, नेविस‌ंघ, महिला संघ लगायतका अन्य भातृ संघ सस्थाका नेता कार्यकर्ता र विभिन्न पेशाकर्मीहरुको सहभागिता रहेको थियो। विभागले गत सनिबार पशुपतिको गुहेश्वरी क्षेत्र आसपास र बागमति किनारमा सफाई गरेको थियो।



    फास्ट न्युज    
  • २०८१ आश्विन २१, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट