logo

२०८३ जेष्ठ २४ आईतवार

logo
  • २०८३ जेष्ठ २४ आईतवार
  • मुकुलले पार्टीमा निवेदन दिँदै भने– मेरोे साधारण सदस्य कायम राखियोस्

    922Shares
    मुकुलले पार्टीमा निवेदन दिँदै भने– मेरोे साधारण सदस्य कायम राखियोस्

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निष्कासित डा. मुकुल ढकालले आफूमाथिको कारबाहीबारे पुनर्विचार गर्न आग्रह गर्दै अर्को निवेदन हालेका छन् । निवेदनमा आफूलाई पार्टीको साधारण सदस्य कायम राख्न आग्रह गरिएको छ ।

    रास्वपा पुनरावेदन समितिलाई सम्बोधन गर्दै ढकालले यो निवेदन लेखेका हुन् । कारबाहीको विषयमा उनको यो दोस्रो निवेदन हो । यसअघि महामन्त्री पदमा बहाल रहन पाउँ भन्दै लेखेको निवेदन रास्वपामा थाँती रहेको छ । पछिल्लो निवेदनमा पनि ढकालले आफूबाट पार्टी हितविपरीतको कुनै काम नभएको भन्दै कारबाहीको वैधतामा प्रश्न उठाएका छन् ।

    निवेदनमा भनिएको छ, ‘म पुनरावेदकविरुद्ध व्यक्तिगत पूर्वाग्रह राखी प्रतिशोध लिने दूषित अभिप्राय एवं उद्देश्यबाट पार्टीको पदको दुरुपयोग गरी पार्टी विधान एवं कानूनविपरीत केन्द्रीय समितिको बैठक बसी मलाई पार्टीको साधारण सदस्यबाट हटाउने गरी भएको मिति २०८१/०५/११ को कथित निर्णय त्रुटिपूर्ण रहेको हुँदा पार्टीको निर्णय अभिलेखबाट हटाई पार्टीको साधारण सदस्य कायम गरिपाउँ । साथै मलाई मिति २०८१/०३/२५ मा पार्टीको महामन्त्री, प्रवक्ता तथा केन्द्रीय समिति सदस्यबाट पदमुक्त गर्ने निर्णयउपर दायर गरिएको पुनरावेदन हाल विचाराधीन नै रहेको हुँदा साधारण सदस्य कायम गराउनुका साथै साविककै पदीय हैसियतमा रही पार्टीमा काम गर्ने वातावरण मिलाइपाउँ ।’



    फास्ट न्युज    
  • २०८१ आश्विन १५, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट