logo

२०८२ माघ ११ आईतवार

logo
  • २०८२ माघ ११ आईतवार
  • रुकुम पश्चिममा बाढीले घर बगाउँदा तीन बालबालिकाको ज्यान गयो

    835Shares
    रुकुम पश्चिममा बाढीले घर बगाउँदा तीन बालबालिकाको ज्यान गयो

    सुर्खेत । रुकुम पश्चिममा बाढीले घर बगाउँदा तीन बालबालिकाको ज्यान गएको छ ।

    रुकुमपश्चिमको आठबीसकोट नगरपालिका–१२ बगरस्थित तातोपानी झिन्चौर खोलामा गएराति बाढीसँगै आएको पहिरोले घर बगाउँदा ८ वर्षकी हितमाया पुन, ५ वर्षकी धनिसा पुन र ४ वर्षकी मनिषा सार्कीको ज्यान गएको हाे ।

    आठबीसकोट नगरपालिकाका प्रमुख रवि केसीका अनुसार ४० वर्षीय डिल्लीबहादुर बुढाथोकी बेपत्ता भएका छन् ।

    बाढीले घर बगाउँदा १० वर्षीय विजय सार्की, २२ वर्षीया अनिसा पुन, २९ वर्षीय जनक खत्री, ६५ वर्षीया मनसरी पुन, चार वर्षीय मेक्सन पुन, २० वर्षीया धनमाया पुन र ६५ वर्षीया कल्पाना कामी घाइते भएका छन् ।

    घाइतेहरूको आठबीसकोट नगर अस्पताल राडीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । बेपत्ता रहेका बुढाथोकीको खोजी भइरहेको छ ।



    फास्ट न्युज    
  • २०८१ श्रावण १, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट