logo

२०८३ बैशाख २१ सोमबार

logo
  • २०८३ बैशाख २१ सोमबार
  • धनकुटा र पाँचथरमा पहिरोले घर पुरिएर पाँच जनाको मृत्यु, चार जना बेपत्ता

    1.1KShares
    धनकुटा र पाँचथरमा पहिरोले घर पुरिएर पाँच जनाको मृत्यु, चार जना बेपत्ता

    काठमाण्डौ‍ं ।  पहिरोले घर पुरिदा धनकुटा र पाँचथरमा पाँच जनाको मृत्यु भएको छ भने चार जना बेपत्ता भएका छन् ।
    अविरल वर्षासँगै आएको पहिरोले पुरिएर धनुकटामा आमाछोरीको मृत्यु भएको छ । पाँचथरको एक स्थानमा आमाछोरी र एक स्थानमा एक पुरुषको मृत्यु भएको कोशी प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक भीम दाहालले बताए ।

    पाँचथरको फिदिम नगरपालिका–४ चिसापानीमा पहिरोले घर पुरिँदा २४ वर्षीया सपना शेर्पा र उनकी ५ वर्षीया छोरी डोल्मा शेर्पाको मृत्यु भएको छ । प्रहरीका अनुसार फिदिम–१२ घर भएका आमा–छोरी चिसापानीमा डेरा बस्दै आएका थिए । पहिरोले घर पनि पुरिएको छ ।

    पाँचथरको फिदिम नगरपालिका– १ साँगेबोटेमा पहिरो घर पुरिदा एक जनाको मृत्यु भएको छ । चार जना बेपत्ता भएका छन् । पहिरोमा परी फिदिम नगरपालिका– १ कात्तिके घर भइ फुरुंगा हाइड्रो पावरमा काम गर्ने ५० वर्षीय गोपी विश्वकर्माको मृत्यु भएको छ ।
    फिदिम १ बस्ने ५० वर्षीय कृष्ण दास, ४० वर्षीया कमला दास, ५५ पर्षीय धनकुमार तुम्बापो, २१ वर्षीय सरस्वता तुम्बापो बेपत्ता भएका छन् । पहिरोमा परी दुई जना घाइते छन् ।
    प्रहरीका अनुसार मृतक र बेपत्ता फुरुङ्गा हाइड्रो पावरमा काम गर्ने कर्मचारी हुन् । उनीहरु स्थानीय राजकुमार नेम्बाङको घर भाडामा लिएर बस्दै आएका थिए । बिहान करिब ५ बजे खसेको पहिरोले घरमा रहेको पशुचौपाय पनि पुरेको छ ।

    धनकुटाको पाख्रीबास नगरपालिका– ५ आज बिहानको करिब ३ बजे खसेको पहिरोले घर पुरिदा स्थानीय ५० वर्षीया रामकुमारी तामाङ र ३२ वर्षीया आशा तामाङको मृत्यु भएको हो । उनीहरु आमा छोरी रहेको प्रहरीले बताएको छ ।



    फास्ट न्युज    
  • २०८१ आश्विन १२, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार