काठमाडौं ।अस्ट्रेलियाले इङल्याण्डविरुद्धको एकदिवसीय सिरिजमा विजयी सुरुवात गरेको छ। गए राति सम्पन्न खेलमा अस्ट्रेलियाले इङल्याण्डलाई ७ विकेटले पराजित गरेर सिरिजमा विजयी सुरुवात गरेको हो।
इङल्याण्डले दिएको ३१६ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले ४४ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो। अस्ट्रेलियाको जितमा ट्राभिस हेडले अविजित १५४ रन बनाएका थिए । हेडले १२९ बल खेल्दै १५४ रन बनाएका थिए। त्यस्तै मार्नस लाबुस्चांगेले अविजित ७७ रन बनाएका थिए।
यस अघि पहिला ब्याटिङ गरेको इङल्याण्डले ४९.४ ओभरमा अल आउट हुँदै ३१५ रन बनाएको थियो। इङल्याण्डका लागि बेन डकेटले सर्वाधिक ९५ रन बनाएका थिए भने विल ज्याकले ६२ रन बनाएका थिए। यो जितपछि अस्ट्रेलियाले ५ खेलको सिरिजमा १-० को अग्रता लिएको छ । अब सिरिजको दोस्रो खेल शनिबार खेल्ने तालिका रहेको छ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया