logo

२०८३ जेष्ठ ३१ आईतवार

logo
  • २०८३ जेष्ठ ३१ आईतवार
  • उपनिर्वाचनको तयारी तीब्र, शीघ्र मतदाता नामावलीमा नाम दर्ता गर्न आग्रह

    1.1KShares
    उपनिर्वाचनको तयारी तीब्र, शीघ्र मतदाता नामावलीमा नाम दर्ता गर्न आग्रह

    काठमाडौं । देशका विभिन्न स्थानीय तहमा रिक्त जनप्रतिनिधि पदमा उपनिर्वाचन गर्न निर्वाचन आयोगले तयारी सुरु गरेको छ । निर्वाचन प्रक्रियापश्चात नामावली दर्ता बन्द गर्नुपर्ने भएकाले समयमै आफ्नो नामावलीमा नाम दर्ता गर्न आयोगले मंगलबार सूचना जारी गरेको छ ।

    विभिन्न कारणले रिक्त नगरपालिकाका प्रमुख-उपप्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा वडाध्यक्ष पदमा पदपूर्ति गर्न प्रक्रिया सुरु हुनुअगावै मतदाता नामावलीमा नाम दर्ता गर्न आयोगले आह्वान गरेको हो । आयोगका अनुसार हाल देशभरका स्थानीय तहका विभिन्न पदमा ३४ पद रिक्त छन् ।

    ०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन भएको थियो । स्थानीय तह निर्वाचन ऐन, ०७३ बमोजिम रिक्त रहेका पदहरूको पदावधि एक वर्ष भन्दा बढी बाँकी रहेको अवस्थामा आयोगको परामर्शमा नेपाल सरकारले मिति तोकी उपनिर्वाचनद्वारा रिक्त पदको पूर्ति गरिने व्यवस्था छ।

    ‘गाउँपालिका तथा नगरपालिकाका यस्ता पदहरू रिक्त हुँदा आम नागरिकलाई सेवा प्राप्तिमा असुविधा हुने विषयलाई समेत मध्यनजर गर्दै उपनिर्वाचन मार्फत् पदपूर्तिका लागि आयोगले आन्तरिक तयारी गरिरहेको छ’, आयोगका प्रवक्ता रघुराम विष्टले भने ।



    फास्ट न्युज    
  • २०८१ श्रावण २९, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट