काठमाडौं । शिक्षामन्त्री महावीर पुनले आफूलाई बस्नका लागि क्वाटर नचाहिने बताएका छन् । उनले आफू मन्त्रालयमै सुत्ने भन्दै खाटको व्यवस्था गर्न निर्देशन दिए । पदभार ग्रहण गरेपछि पत्रकारसँग बोल्दै पुनले आफूले आविस्कार केन्द्रबाट राजीनामा दिइसकेको बताए ।
उनले भने, ‘यो पद ग्रहण गरेपछि म अविस्कार केन्द्रमा रहनु हुँदैन, मैले राजीनामा दिइसकेँ ।’ अहिले सरकारी क्वाटर पनि छैन, कहाँ बस्नु हुन्छ रु भन्ने पत्रकारको प्रश्नमा उनले मन्त्रालयमै बस्ने जवाफ दिए । ‘मेरो त जहाँ काम गर्यो त्यहीँ बस्ने बानी छ । एउटा कोठा बनाउनुस् । मन्त्रालयमै बस्छु । एउटा कुर्सी चाहिन्छ । किचन चाहियो । आफैं पकाएर खान्छु ।’ उनले आफूलाई सुरक्षा पनि नचाहिने बताए ।
पुनले भने,‘सेवा सुविधा के छ भने त्यहाँबाट आउँदा एउटा पुलिसको र एउटा आर्मीको रहेछ । मैले भाइहरुलाई भनेको छु । रिपोर्ट गर्नु कमाण्डरहरुलाई । म यो मन्त्रालयमा छँदा यहीँ बसौं । यहाँबाट बाहिर निस्किएपछि पछिपछि आउनु पर्दैन ।’ उनले मन्त्रालयको गाडी भने औपचारिक काममा प्रयोग गर्ने बताए ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया