logo

२०८२ असार ५ बिहिबार

logo
  • बिहिबार, ५ असार २०८२
  • कोपा अमेरिकामा क्यानडालाई हराउदै अर्जेन्टिनाको विजयी सुरुवात

    709Shares
    कोपा अमेरिकामा क्यानडालाई हराउदै अर्जेन्टिनाको विजयी सुरुवात

    साविक विजेता अर्जेन्टिनाले कोपा अमेरिका २०२४ मा विजयी सुरुवात गरेको छ । मर्सिडिज बेन्ज स्टेडियममा शुक्रबार बिहान भएको खेलमा अर्जेन्टिनाले क्यानडालाई २-० ले पराजित गरेको हो ।
    पहिलो हाफमा क्यानडाले अर्जेन्टिनालाई गोलरहित बराबरीमा रोके पनि दोस्रो हाफमा अर्जेन्टिनाले २ गोल गर्‍यो।
    ४९औं मिनेटमा जुलियन अल्भारेजले गोल गर्दै साविक विजेतालाई अग्रता दिलाएका थिए । यस्तै दोस्रो हाफमा म‌दान प्रवृश गरेका लाउटारो मार्टिनेजले ८८ मिनेटमा लिओनल मेसीको पासमा गोल गर्दै अग्रता दोब्बर बनाए ।
    अल्भारेजकै स्थानमा लाउटारो मार्टिनेज ७६ मिनेटमा मैदान प्रवेश गरेका थिए । जितपछि अर्जेन्टिना ले समूह ए मा ३ अंक जोडेको छ । अर्जेन्टिनाले अब बुधबार चिलीसँग खेल्नेछ ।



    फास्ट न्युज    
  • २०८१ असार ७, शुक्रबार ०३:२२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार