धनुषा, धनुषाको विदेह नगरपालिकाबाट करिब दुई साताअघि अपहरणमा परेका १५ महिने शिशुको प्रहरीले सकुशल उद्धार गरेको छ।
विदेह नगरपालिका–६ का कमलेश महतोका १५ महिने छोरा सिद्धान्त महतोको भदौ १८ गते अपहरण भएको थियो। प्रहरीले गए राति विदेह नगरपालिका–१ स्थित दशगज्जा क्षेत्रबाट शिशुको सकुशल उद्धार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
प्रहरीका अनुसार शिशुलाई छाडेर भाग्दै गरेको अवस्थामा कमला नगरपालिका–९ की पुनितादेवी पासवानलाई पक्राउ गरिएको छ।
शिशु अपहरणमा परेको सूचना प्राप्त भएपछि प्रहरीले तालिम प्राप्त कुकुरसहित विभिन्न टोली परिचालन गरी खोजतलास थालेको थियो। खोजीका क्रममा प्रहरी टोली शिशु राखिएको स्थानमा पुगेपछि पासवानले बच्चालाई छाडेर भाग्न खोजेकी थिइन्। सोही क्रममा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
उद्धार गरिएका शिशुलाई सकुशल अभिभावकको जिम्मा लगाइएको छ।
पक्राउ परेकी पासवानविरुद्ध अपहरण, शरीर बन्धक तथा मानव बेचबिखन र ओसारपसारसम्बन्धी अभियोगमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए।
प्रहरीले घटनामा अन्य व्यक्तिको संलग्नता भए–नभएको विषयमा समेत अनुसन्धान गरिरहेको जनाएको छ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया