काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र न्युजील्यान्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबीच भोटेकोशी बाढीपछिको अवस्थाबारे टेलिफोन वार्ता भएको छ।
वार्तामा प्रधानमन्त्री शाहले बाढीपछि खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका काम तीव्र रूपमा अघि बढिरहेको जानकारी गराए। उनले न्युजील्यान्डका नागरिकसहित बेपत्ता विदेशी नागरिकको खोजीलाई उच्च प्राथमिकतामा राखिएको बताए।
शाहले विपद्का बेला न्युजील्यान्डले उपलब्ध गराएको २० लाख न्युजील्यान्ड डलर बराबरको मानवीय सहयोगप्रति प्रधानमन्त्री लक्सनलाई धन्यवाद दिए।
नेपाल जलवायुजन्य विपद्का दृष्टिले उच्च जोखिममा रहेको उल्लेख गर्दै शाहले जलवायुजन्य क्षति तथा नोक्सानीका लागि अन्तर्राष्ट्रिय वित्तीय सहयोग जुटाउने विषयमा न्युजील्यान्डको रचनात्मक भूमिका अपेक्षा गरिएको बताए।
जवाफमा प्रधानमन्त्री लक्सनले नेपालमा उत्पन्न विपद्प्रति दुःख व्यक्त गर्दै न्युजील्यान्ड सरकार र जनताका तर्फबाट समवेदना तथा ऐक्यबद्धता प्रकट गरेका थिए।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया