logo

२०८३ भाद्र १९ शुक्रबार

logo
  • २०८३ भाद्र १९ शुक्रबार
  • रसुवा बाढीमा मृतकको संख्या १ हजार ५८ पुग्यो, ४ हजार ६०६ जना अझै बेपत्ता

    775Shares
    रसुवा बाढीमा मृतकको संख्या १ हजार ५८ पुग्यो, ४ हजार ६०६ जना अझै बेपत्ता

    काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण हालसम्म १ हजार ५८ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले मंगलबार दिउँसो २ बजेसम्मको विवरण सार्वजनिक गर्दै बाढीमा परी मृत्यु भएकामध्ये १ हजार ५८ जनाको शव फेला परेको जनाएको हो।

    प्रहरीका अनुसार फेला परेका शवमध्ये ३० बालक, ३५ बालिका, २३२ महिला र ३७१ पुरुष छन्। यस्तै, ३९० वटा आंशिक अंग भएका शव फेला परेको प्रहरीले जनाएको छ।

    फेला परेका शवमध्ये अधिकांशको पहिचान खुल्न नसकेको बताइएको छ। प्रहरीका अनुसार ९७२ शवको लास जाँच मुचुल्का भइरहेको छ।

    यस्तै, ५८ शव आफन्तलाई हस्तान्तरण गरिएको छ। पहिचान खुल्न नसकेका ६८४ शव जमिनमुनि व्यवस्थापन गरिएको प्रहरीको तथ्यांकमा उल्लेख छ।

    बाढीपछि बेपत्ता हुनेको संख्या पनि ठूलो रहेको छ। प्रहरीका अनुसार मंगलबार दिउँसोसम्म ४ हजार ६०६ जना अझै सम्पर्कविहीन छन्।

    रसुवामा बाढीपछि उद्धार तथा खोजी कार्य जारी रहे पनि ठूलो संख्यामा मानिस सम्पर्कविहीन रहेकाले मृतक तथा बेपत्ताको संख्या अझै बढ्न सक्ने देखिएको छ। पछिल्लो विवरणले विपत्तिको मानवीय क्षतिको भयावह अवस्था देखाएको छ।



    फास्ट न्युज    
  • २०८३ भाद्र १६, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट