logo

२०८२ फाल्गुन २ शनिबार

logo
  • २०८२ फाल्गुन २ शनिबार
  • लगातार दुई दिन घटेको शेयर बजार बढ्यो

    931Shares
    लगातार दुई दिन घटेको शेयर बजार बढ्यो

    काठमाण्डाै । लगातार दुई दिन घटेको शेयर बजार बिहीबार बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १३ दशमलव ९५ अङ्कले बढेर दुई हजार सात सय ४८ दशमलव ७८ विन्दुमा पुगेको छ ।

    बिहीबार फाइनान्स, लगानी, बीमा, उत्पादन र व्यापार बाहेक सबै समूहको शेयर बढेकोमा विकास बैंक, होटल समूहको शेयर उच्च अङ्कले बढेको छ ।

    बिहीबार गुराँस लघुवित्त, स्वाभिमान लघुवित्त र अपर हेवाखोला हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन रावा इनर्जी डेभलपमेन्ट कम्पनीको शेयर भने नौ प्रतिशतभन्दा धेरैले घटेको छ ।

    आज बिहीबार कारोबार रकम पनि बढेको छ । हिजो सात अर्ब ९१ करोडको कारोबार भएकोमा तीन सय २१ वटा कम्पनीका दुई करोड १६ लाख कित्ता शेयर १० अर्ब ३२ करोड रुपैयाँमा किनबेच भएको छ । बिहीबार सबैभन्दा धेरै जानकी फाइनान्स कम्पनीको ३५ करोड रुपैयाँको शेयर कारोबार भयो ।



    फास्ट न्युज    
  • २०८१ कार्तिक २९, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट