काठमाडौं । बाढी–पहिरोलगायत विपद्बाट प्रभावित नागरिकका लागि संकलन भइरहेको प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५ अर्ब रुपैयाँभन्दा बढी रकम जम्मा भएको छ।
प्रधानमन्त्री बालेन्द्र शाहले शनिबार सार्वजनिक गरेको विवरणअनुसार कोषमा हालसम्म ५ अर्ब ४ करोड ४६ लाख ८१ हजार ३६९ रुपैयाँ जम्मा भएको हो।
सरकारले विपद् प्रभावितका लागि प्राप्त हुने सहयोग रकमको पारदर्शी उपयोग र प्रभावकारी व्यवस्थापन सुनिश्चित गर्न प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा मात्रै रकम जम्मा गर्न आग्रह गर्दै आएको छ।
यसैबीच, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कोषबाट विपद् प्रभावित पाँच जिल्लाका १५ स्थानीय तहमा अत्यावश्यक सेवा सञ्चालनका लागि ६ करोड ७५ लाख रुपैयाँ निकासा भइसकेको छ।
सरकारले राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्राप्त रकमलाई एकीकृत रूपमा परिचालन गर्ने गरी कोषमार्फत सहयोग व्यवस्थापन गरिरहेको जनाएको छ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया