logo

२०८३ जेष्ठ २७ बुधबार

logo
  • २०८३ जेष्ठ २७ बुधबार
  • मतदाता नामावली विवादपछि रास्वपाको बागमती प्रदेश अधिवेशन स्थगित

    745Shares
    मतदाता नामावली विवादपछि रास्वपाको बागमती प्रदेश अधिवेशन स्थगित

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बागमती प्रदेश अधिवेशन मतदाता नामावली सम्बन्धी विवादका कारण स्थगित गरिएको छ।

    बुधवार निर्वाचन समितिले अन्तिम मतदाता नामावली सार्वजनिक गरी मतदान प्रक्रिया समेत सुरु गरिसकेको अवस्थामा नामावलीलाई लिएर विवाद उत्पन्न भएपछि अधिवेशन स्थगित गरिएको हो।

    अधिवेशनमा सहभागी एक नेताका अनुसार मतदाता नामावलीप्रति असन्तुष्टि जनाउँदै केही प्रतिनिधिहरूले आपत्ति उठाएपछि निर्वाचन प्रक्रिया अवरुद्ध बनेको थियो। त्यसपछि निर्वाचन समितिले निर्वाचनसँग सम्बन्धित सम्पूर्ण कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो।

    निर्वाचन समितिले कार्यक्रम स्थल खाली गर्न निर्देशन दिएलगत्तै सुरक्षाकर्मीको सहयोगमा सहभागीहरूलाई स्थलबाट बाहिर निकालिएको थियो।

     

    हालसम्म निर्वाचन समितिले अधिवेशन तथा निर्वाचन प्रक्रिया पुनः सञ्चालन गर्ने सम्बन्धमा नयाँ मिति सार्वजनिक गरेको छैन। विवाद समाधानका लागि पार्टी नेतृत्व र सम्बन्धित पक्षबीच छलफल जारी रहेको बताइएको छ।

    रास्वपाको बागमती प्रदेश नेतृत्व चयनका लागि आयोजित अधिवेशन स्थगित भएपछि पार्टीभित्रको आन्तरिक व्यवस्थापन र निर्वाचन प्रक्रियाबारे समेत प्रश्न उठ्न थालेका छन्। अब विवाद समाधान गरी अधिवेशन कहिले पुनः सञ्चालन हुन्छ भन्ने विषयमा चासो बढेको छ।



    फास्ट न्युज    
  • २०८३ जेष्ठ २७, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट