logo

२०८३ जेष्ठ २६ मंगलवार

logo
  • २०८३ जेष्ठ २६ मंगलवार
  • धादिङको गल्छीमा पर्यटक बस र सानो गाडी ठोक्किँदा ७ जना घाइते

    913Shares
    धादिङको गल्छीमा पर्यटक बस र सानो गाडी ठोक्किँदा ७ जना घाइते

    धादिङ, असार ९ – धादिङको गल्छी गाउँपालिका–७ स्थित गल्छी बजारमा रहेको पृथ्वी राजमार्गमा पर्यटक सवारी साधन र सानो गाडी एकआपसमा ठोक्किँदा सात जना घाइते भएका छन्।

    प्रहरीका अनुसार मंगलबार दिउँसो काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको ग १ प २०७ नम्बरको पर्यटक सवारी साधन र विपरीत दिशाबाट आउँदै गरेको बा.प्र. ०१–०२७ च ५१३६ नम्बरको सानो गाडी आपसमा ठोक्किँदा दुर्घटना भएको हो।

    दुर्घटनामा दुवै सवारी साधनमा सवार सात जना घाइते भएका छन्। घाइतेहरूको गल्छीस्थित बैरेनी अस्पताल र स्मारिका मेडिकल हलमा प्रारम्भिक उपचार गरिएको थियो। थप उपचार आवश्यक देखिएकाले उनीहरूलाई काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

    दुर्घटनापछि प्रहरीले दुवै सवारी साधन र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।



    फास्ट न्युज    
  • २०८३ जेष्ठ २६, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट