logo

२०८३ जेष्ठ २४ आईतवार

logo
  • २०८३ जेष्ठ २४ आईतवार
  • लगातार लगातार वर्षाले ऐसेलुखर्कका विभिन्न वडामा क्षति, अवरुद्ध सडक खुलाउने तयारी

    832Shares
    लगातार लगातार वर्षाले ऐसेलुखर्कका विभिन्न वडामा क्षति, अवरुद्ध सडक खुलाउने तयारी

    खोटाङ ।  लगातार परेको वर्षाका कारण खोटाङको ऐसेलुखर्क गाउँपालिका का विभिन्न वडामा सडक तथा बस्तीहरूमा क्षति पुगेको छ।
    गाउँपालिका अध्यक्ष गीरेन्द्र बहादुर राई का अनुसार वडा नं. ५ महेश्वरीमा तीन वटा घर बस्न नमिल्ने गरी क्षतिग्रस्त भएका छन्। त्यस्तै मुख्य सडकहरू विभिन्न स्थानमा भत्किनुका साथै पहिरोले पुरिएर यातायात प्रभावित बनेको छ।

    वडा नं. ४ जल्लेश्वरीका केही बस्ती जोखिममा परेका छन् भने सडकमा समेत क्षति पुगेको छ। वडा नं. २ बाकाचोल, वडा नं. ७ माक्पा तथा वडा नं. ६ ज्यामिरेका सडकहरू पनि क्षतिग्रस्त भएका छन्। वडा नं. ३ ऐसेलुखर्क र वडा नं. १ राखामा आंशिक क्षति भएको जनाइएको छ।
    अध्यक्ष राईले भोलिदेखि गाउँपालिकाको जेसीबी तथा स्काभेटर प्रयोग गरी अवरुद्ध मुख्य सडकहरू सफा गरेर पुनः सञ्चालनमा ल्याइने जानकारी दिएका छन्। साथै क्षतिग्रस्त तथा विस्थापित परिवारका लागि कार्यपालिका तथा विपद् व्यवस्थापन समितिको बैठक बसेर आवश्यक निर्णय र राहत व्यवस्थापन प्रक्रिया अघि बढाइने उनले बताए।
    लगातार वर्षा भइरहेकाले उच्च सतर्कता अपनाउन अध्यक्ष राईले सबै नागरिकलाई आग्रह गरेका छन्। साथै जनप्रतिनिधिहरूलाई आ–आफ्ना वडाका नागरिकसँग समन्वय गरी आवश्यक सहयोग तथा उद्धार कार्यमा सक्रिय रहन निर्देशन दिइएको छ।

    स्थानीय प्रशासन तथा गाउँपालिकाले सम्भावित बाढी, पहिरो र अन्य विपद्का घटनाप्रति सजग रहन सर्वसाधारणलाई अनुरोध गरेको छ। ऐसेलुखर्कका विभिन्न वडामा क्षति, अवरुद्ध सडक खुलाउने
    ऐसेलुखर्क (खोटाङ), असार ७ — लगातार परेको वर्षाका कारण खोटाङको ऐसेलुखर्क गाउँपालिका का विभिन्न वडामा सडक तथा बस्तीहरूमा क्षति पुगेको छ।
    गाउँपालिका अध्यक्ष गीरेन्द्र बहादुर राई का अनुसार वडा नं. ५ महेश्वरीमा तीन वटा घर बस्न नमिल्ने गरी क्षतिग्रस्त भएका छन्। त्यस्तै मुख्य सडकहरू विभिन्न स्थानमा भत्किनुका साथै पहिरोले पुरिएर यातायात प्रभावित बनेको छ।
    वडा नं. ४ जल्लेश्वरीका केही बस्ती जोखिममा परेका छन् भने सडकमा समेत क्षति पुगेको छ। वडा नं. २ बाकाचोल, वडा नं. ७ माक्पा तथा वडा नं. ६ ज्यामिरेका सडकहरू पनि क्षतिग्रस्त भएका छन्। वडा नं. ३ ऐसेलुखर्क र वडा नं. १ राखामा आंशिक क्षति भएको जनाइएको छ।
    अध्यक्ष राईले भोलिदेखि गाउँपालिकाको जेसीबी तथा स्काभेटर प्रयोग गरी अवरुद्ध मुख्य सडकहरू सफा गरेर पुनः सञ्चालनमा ल्याइने जानकारी दिएका छन्। साथै क्षतिग्रस्त तथा विस्थापित परिवारका लागि कार्यपालिका तथा विपद् व्यवस्थापन समितिको बैठक बसेर आवश्यक निर्णय र राहत व्यवस्थापन प्रक्रिया अघि बढाइने उनले बताए।
    लगातार वर्षा भइरहेकाले उच्च सतर्कता अपनाउन अध्यक्ष राईले सबै नागरिकलाई आग्रह गरेका छन्। साथै जनप्रतिनिधिहरूलाई आ–आफ्ना वडाका नागरिकसँग समन्वय गरी आवश्यक सहयोग तथा उद्धार कार्यमा सक्रिय रहन निर्देशन दिइएको छ।
    स्थानीय प्रशासन तथा गाउँपालिकाले सम्भावित बाढी, पहिरो र अन्य विपद्का घटनाप्रति सजग रहन सर्वसाधारणलाई अनुरोध गरेको छ।

    फास्ट न्युज    
  • २०८३ जेष्ठ २४, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट