logo

२०८३ जेष्ठ २३ शनिबार

logo
  • २०८३ जेष्ठ २३ शनिबार
  • रास्वपा सभापति लामिछाने भारतबाट फर्किएलगत्तै परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाने

    775Shares
    रास्वपा सभापति लामिछाने भारतबाट फर्किएलगत्तै परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाने

    काठमाडौं । रास्वपा सभापति रवि लामिछाने भारतबाट फर्किएलगत्तै परराष्ट्रमन्त्री शिशिर खनाल भारत भ्रमणमा जाने भएका छन् । उनको भारत भ्रमणको क्रममा नेपाल–भारतबीच सरोकार र प्राथमिकतासँग सम्बन्धित समग्र विषयमा छलफल हुने बताइएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र सभापति लामिछानेबीच बुधबार नयाँदिल्लीमा भएको भेटमा सहभागी रास्वपा सांसद दीपक बोहोराले यो जानकारी दिएका हुन् ।

    सांसद बोहोराले बुधबार साँझ बीबीसी नेपाली सेवासँगको कुराकानीमा भनेका छन्, ‘लगत्तै हाम्रो परराष्ट्रमन्त्री शिशिर खनालको भारत भ्रमण तय भएको छ, परराष्ट्र मन्त्री आउँदैगर्दा खेरी हाम्रा कन्सर्नका विषयहरु केके हुन्, हाम्रा प्राथमिकताका विषय केके हुन्, हामीले गर्नुपर्ने भारतसँगका सहकार्यमा केके बाँकी छन्, केके अधुरा छन्, ती सबै कामका विषयमा चेकलिस्ट बनाएर काम गर्ने प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभाछ । परराष्ट्रमन्त्री जयशंकरले भन्नुभाको छ ।’ तर परराष्ट्रमन्त्रीको भारत भ्रमणको मिति भने उनले खुलाएनन् ।



    फास्ट न्युज    
  • २०८३ जेष्ठ २१, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट