logo

२०८३ जेष्ठ २७ बुधबार

logo
  • २०८३ जेष्ठ २७ बुधबार
  • निर्माणको काम छिटो सुरु गराउन माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै अध्यक्ष कठायत

    874Shares
    निर्माणको काम छिटो सुरु गराउन माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै अध्यक्ष कठायत

    खोटाङ । साकेला गाउँपालिका–१ को दुईचिप्लादेखि बासुन्तस्थित साकेलाथान हुँदै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको निर्मलिडाँडा मुडेटोल जाने सडक निर्माण कार्यमा ढिलासुस्ती भएको भन्दै स्थानीयवासीले काम तत्काल सुरु गराउन माग गरेका छन्। सोही मागसहित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ का वडा अध्यक्ष दिनेश कठायतले स्थानीयको तर्फबाट प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापनपत्र बुझाएका छन्।

    सडक निर्माणका लागि बजेट विनियोजन भई ठेक्का प्रक्रिया सम्पन्न भए पनि निर्माण कार्य अघि नबढेकाले स्थानीयवासी चिन्तित बनेका हुन्। साल्मे कन्स्ट्रक्सन कम्पनीले ठेक्का पाएको उक्त सडक निर्माणमा भइरहेको ढिलाइले क्षेत्रीय विकास प्रभावित हुने भन्दै स्थानीयले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

    ज्ञापनपत्र बुझाउँदै अध्यक्ष कठायतले सडक यस क्षेत्रका बासिन्दाको दीर्घकालीन आवश्यकता रहेको उल्लेख गर्दै निर्माण कार्यमा भइरहेको ढिलाइप्रति असन्तुष्टि व्यक्त गरेका छन्। उनले सडक निर्माणका योजना अलपत्र पर्न नदिन सम्बन्धित निकायले आवश्यक पहल गर्नुपर्ने बताएका छन्।

    “यो सडक यस क्षेत्रको विकाससँग प्रत्यक्ष जोडिएको योजना हो। निर्माण कार्य थप ढिला भए स्थानीयले ठूलो अवसर गुमाउनेछन्,” अध्यक्ष कठायतले बताए।

    भौतिक पूर्वाधार कार्यालयका प्रमुखसँगको छलफलमा जेठ २६ गतेबाट निर्माण कार्यका लागि मेसिन परिचालन गरिने जानकारी प्राप्त भएको अध्यक्ष कठायतले जनाएका छन्। उनले निर्माण कार्य छिटो सुरु गर्न स्थानीयवासी पूर्ण रूपमा सहयोग गर्न तयार रहेको पनि बताएका छन्।



    फास्ट न्युज    
  • २०८३ जेष्ठ १९, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट