logo

२०८३ आश्विन २५ आईतवार

logo
  • २०८३ आश्विन २५ आईतवार
  • खोटाङ कांग्रेसले श्रमदान गर्दै मनाए संविधान दीवस

    2.2KShares
    खोटाङ कांग्रेसले श्रमदान गर्दै मनाए संविधान दीवस

      खोटाङ, नेपाली कांग्रेस खोटाङले श्रमदानको आयोजना गर्दै संविधान दीवस मनाएको छ। असोज ३ गत्ते शुक्रबार खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. ३ बाम्राङमा नेपाली कांग्रेसका नेता कार्यकर्ता सहभागी भएर श्रमदान गरेका हुन।

    बाम्राङको सिमेडाडा ग्रामिण सडक खण्ड स्तरउन्नति गरिरहेका स्थानीयहरुलाई सहयोग र हौसला प्रदान गर्न संविधान दीवसको अवसरमा नेपाली कांगेसले श्रमदान गरेर संविधान दीवस मनाएको कांगेस प्रवक्ता रोजन राईले बताए। उनले भने” संविधान नेताको लागि मात्र बनेको हो कि भन्ने छ। तर संविधान र पार्टी जनता, समाजको लागि बनेको हो भन्न पनि हामीले श्रमदान गरेका हौ। श्रमदानले स्थानीय दाजुभाइ, दिदीबहिनीहरुलाई सहयोग र हौसला मिल्छ भन्ने पनि हो।”


    श्रमदानमा कांग्रेस कार्यकर्ता संगै दिक्तेल रुपाकोट मझुवागढीको मेयर तिर्थराज भट्टराई, उपमेयर विसन राई र कार्यपालिका सदस्य मिना कार्की, स्थानिय शिक्षक लगाायत स्थानीयबासीहरुको उल्लेख्य उपस्थिति रहेको नेपाली कांग्रेसका संगठन विभाग प्रमुख बिष्णुराज राईले वताए। सडक चौडा गर्ने र खोलामा ग्याविन जालि भर्ने काम बिहान ११:३० देखि साझ सम्म स्थानीय जनप्रतिनिधि र सहभागी श्रमदाताहरुले गरेको राईले फाष्ट न्युज सेभेनलाई जानकारी दिए।



    फास्ट न्युज    
  • २०८२ आश्विन ४, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट