logo

२०८३ बैशाख २१ सोमबार

logo
  • २०८३ बैशाख २१ सोमबार
  • छापाप्रति मुख्यमन्त्री बानियाँको आपत्ति, अनुसन्धानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता

    706Shares
    छापाप्रति मुख्यमन्त्री बानियाँको आपत्ति, अनुसन्धानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता

    काठमाडौं ।  बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्ना घर तथा कार्यालयहरूमा गरिएको छापाप्रति असन्तुष्टि जनाएका छन्। सोमबार जारी विज्ञप्तिमा उनले राज्यका निकायले अनुरोध गरेमा आफू अनुसन्धानका लागि भौतिक रूपमा उपस्थित हुन तयार हुँदाहुँदै छापा मारिएको भन्दै आपत्ति प्रकट गरेका हुन्।

    मुख्यमन्त्री बानियाँले आफू पारदर्शितामा विश्वास गर्ने उल्लेख गर्दै जुनसुकै अनुसन्धान प्रक्रियामा पूर्ण रूपमा सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

    बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफू संवैधानिक तथा कानूनी दायराभित्र हुने हरेक अनुसन्धानमा पूर्ण रूपमा सहयोग गर्न तयार रहेको बताएका छन्।

    जारी विज्ञप्तिमा उनले भनेका छन्, ‘राज्यको जिम्मेवार पदाधिकारीको हैसियतले पुनः स्पष्ट पार्न चाहन्छु कि संवैधानिक र कानूनी प्रक्रियाअनुसार गरिने हरेक अनुसन्धानमा मेरो पूर्ण समर्थन र सहयोग रहनेछ।’



    फास्ट न्युज    
  • २०८३ बैशाख २१, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट