logo

२०८३ बैशाख ९ बुधबार

logo
  • २०८३ बैशाख ९ बुधबार
  • पुष १ देखि बाघको गणना शुरु हुने

    1KShares
    पुष १ देखि बाघको गणना शुरु हुने

    चितवन ।आउँदो पुस १ गतेदेखि बाघ गणनाको काम थालिने भएको छ।चितवन र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटा ‘व्लक’ बनाएर गणना गर्न लागिएको हो। यसँंगै बाघ भएका बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पनि बाघ गणना गरिँदै छ। तीन महिना लगाएर बाघ गणना गर्न लागिएको हो। हरेक चार–चार वर्षमा बाघ गणना गरिँदै आएको छ। चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार पुस १ र २ गते गणनामा सहभागीलाई तालिम दिइँदै छ।

    गणनाका क्रममा दुई निकुञ्जलाई तीन भागमा बाँडेर गणना गरिने छ। हरेक भागमा २० दिन क्यामेरा राखिने छ। एक भागमा ३०० ग्रिड हुनेछन्। एउटा ग्रिडमा २० दिन एउटा क्यामेरा राखिने छ। ग्रिडहरुकोबीच भाग पर्ने ठाउँमा गणना गर्ने प्राविधिक क्याम्प खडा गरेर बस्ने छन्।

    उनीहरुले भूगोल अनुसार आठदेखि बाह्रसम्मको ग्रिडमा राखिएको क्यामेरा दैनिक अनुगमन गर्ने उनले जानकारी दिए। ग्रिडबाट क्यामेरा निकालेपछि अध्ययन थालिने छ।
    बाघको फोटो हेरेर तिनीहरुको शरीरमा भएका पाटाका आधारमा सङ्ख्या छुट्याइने उनले जानकारी दिए। हरेक बाघको पाटा फरक–फरक हुने गर्दछन्। पहिलो कम्प्लेक्स यो हो भने दोस्रो कम्प्लेक्स बाँके र बर्दीया राष्ट्रिय निकुञ्जलाई बनाइएको छ। त्यहाँभित्र पनि तीन वटा व्लक हुने छन्। तेस्रो कम्प्लेक्स शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र लालझण्डी हुनेछ। यो एउटै व्लक बनाइने छ।



    फास्ट न्युज    
  • २०८२ मंसिर २६, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट