logo

२०८३ बैशाख १८ शुक्रबार

logo
  • २०८३ बैशाख १८ शुक्रबार
  • म्यानमानरकी नेत्री आङसान सुकीलाई जेलबाट घरमै नजरबन्दमा सारियो

    712Shares
    म्यानमानरकी नेत्री आङसान सुकीलाई जेलबाट घरमै नजरबन्दमा सारियो

    काठमाण्डौ – म्यानमारको सैनिक सरकारले थुनामा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सूकीलाई घरमा नजरबन्दमा सारिएको जनाएको छ । थुनामा रहेकी ८० वर्षीय नेत्रीलाई घरमा नजरबन्दमा सारिएको साथै उहाँको सजायलाई घटाएर १८ वर्ष बनाएको सैन्य सरकारले बताएको छ । सैन्य प्रमुख मिन आङ लाइङले आङसाङको बाँकी सजाय घरमै पूरा गर्ने आदेश दिएको बताउनुभएको छ ।

    सुकीलाई सुनाइएको ३३ वर्षको सजायलाई पटक-पटक कटौती गरिएको छ । त्यहाँको सरकारी सञ्चारमाध्यमले नोबेल शान्ति पुरस्कार विजेता सूकीलाई दुई जना सैनिक पोसाक लगाएका व्यक्तिका सामुन्ने बसिरहेको एउटा तस्बिर पनि प्रसारण गरेका छन् । सन् २०२१ मा सूकीको सरकारलाई सैन्य कूबाट अपदस्थ गरिएको थियो । त्यसयता जेलमा थुनामा राखिएको थियो । तर छोरा किम एरिसले शङ्का व्यक्त गरी आफ्नी आमा जीवित रहे या नरहेको प्रमाण आफूले नपाएको बताएका बीबीसीले जनाएको छ । सन् १९९१ मा सुकीले नोबेल शान्ति पुरस्कार प्राप्त गर्नुभएको थियो ।



    फास्ट न्युज    
  • २०८३ बैशाख १८, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट