logo

२०८३ बैशाख १९ शनिबार

logo
  • २०८३ बैशाख १९ शनिबार
  • बलिउडकी दिग्गज गायिका गायिका आशा भोसलेको निधन

    877Shares
    बलिउडकी दिग्गज गायिका गायिका आशा भोसलेको निधन

    काठमाडौं । प्रसिद्ध भारतीय पार्श्वगायिका आशा भोसलेको निधन भएको छ । मुम्बईस्थित एक अस्पतालमा उपचारका क्रममा उनको निधन भएको भारतीय सञ्चारमाध्मयहरूले उल्लेख गरेका छन् ।

    उनी हृदयाघात (कार्डियाक अरेस्ट) भएपछि शनिबार अस्पताल भर्ना भएकी थिइन् । आशा भोसले भारतीय संगीत जगतकी एक अद्वितीय स्वरकी धनी थिइन् । उनको संगीत यात्रा बाल्यकालदेखि नै सुरु भएको थियो । उनका पिता दीनानाथ मंगेशकर शास्त्रीय संगीतका ज्ञाता थिए । परिवारमा संगीतको वातावरण भएकै कारण उनी र उनकी दिदी लता मंगेशकर दुवै सानैदेखि गायनमा लागेका थिए ।

    यद्यपि, लताजस्तो महान गायिकाको छायाबाट बाहिर निस्केर आफ्नै पहिचान बनाउन आशालाई लामो संघर्ष गर्नुपरेको थियो । उनको निधनसँगै भारतीय संगीत जगतले एक युगीन स्वर गुमाएको छ ।



    फास्ट न्युज    
  • २०८२ चैत्र २९, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार