काठमाडौं । नयाँ आर्थिक वर्षको लगत सार्ने प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म प्रभावित हुने भएको छ। सर्वोच्च अदालत प्रशासनका अनुसार साउन ११ गतेबाट नियमित सुनुवाइ पुनः सञ्चालन हुनेछ। यसअघि यो प्रक्रिया अन्तर्गत करिब दुई सातासम्म नियमित सुनुवाइ प्रभावित हुने गरेको भए पनि यस वर्ष ११ दिन मात्र अवरोध हुने जनाइएको छ।
यद्यपि, यस अवधिमा बन्दी प्रत्यक्षीकरण सम्बन्धी मुद्दाको सुनुवाइ भने नियमित रूपमा जारी रहनेछ। साथै, केही विशेष प्रकृतिका निवेदनमा पनि आवश्यकताअनुसार सुनुवाइ हुने सर्वोच्च अदालत प्रशासनले जनाएको छ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया