काठमाडौं । सङ्घीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज (शुक्रबार) दिउँसो १:१५ बजे बस्ने भएको छ।
सङ्घीय संसद् सचिवालयका अनुसार बैठकमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्री सीता बादीले आफ्नो मन्त्रालयसँग सम्बन्धित सांसदहरूले उठाएका मौखिक प्रश्नहरूको उत्तर दिने कार्यसूची रहेको छ।
यस्तै, कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले पनि आफ्नो मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको जवाफ दिनेछिन्।
बैठकमा राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची पनि रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया