logo

२०८३ बैशाख ८ मंगलवार

logo
  • २०८३ बैशाख ८ मंगलवार
  • शिक्षा मन्त्रालयले पुनः प्रकाशित गर्यो तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने सूचना

    808Shares
    शिक्षा मन्त्रालयले पुनः प्रकाशित गर्यो तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने सूचना

    काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रवेश परीक्षा तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्ने सूचना पुनः प्रकाशित गरेको छ। विद्यालय तहका विभिन्न कक्षा र उच्च शिक्षाका तहमा भर्ना प्रक्रिया सुरु हुनुअघि सञ्चालन हुँदै आएका प्रवेश परीक्षा तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्नेबारे आइतबार जारी गरेको सूचना मन्त्रालयले सोमबार बिहानै हटाएको थियो।

    सोमबार बिहान हटाइएको सूचना सोमबार साँझ मन्त्रालयले पुनः जारी गरेको ह । सूचनामा आगामी २०८३ साल वैशाख १ गतेदेखि त्यस्ता कक्षाहरु पूर्ण रूपमा बन्द गर्ने निर्णय गरिएको उल्लेख छ।

    भनिएको छ- ‘विद्यालय तहका यस्ता कार्यक्रमले विद्यार्थीको मनोविज्ञानमा नकारात्मक प्रभाव पार्ने, शिक्षामा समतामूलक पहुँचमा बाधा पुर्‍याउने र अभिभावक तथा विद्यार्थीमा अनावश्यक आर्थिक बोझ थप्ने देखिएको छ।’



    फास्ट न्युज    
  • २०८२ चैत्र १७, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट