logo

२०८३ बैशाख १८ शुक्रबार

logo
  • २०८३ बैशाख १८ शुक्रबार
  • ‘सभापतिको कुर्सी खाली राखेर कांग्रेस केन्द्रीय कार्यसमिति बैठक’

    862Shares
    ‘सभापतिको कुर्सी खाली राखेर कांग्रेस केन्द्रीय कार्यसमिति बैठक’

    काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक ललितपुरको सानेपामा बसेको छ। बैठकमा दुई दिनअघि सभापतिबाट राजीनामा दिएका गगनकुमार थापा अनुपस्थित भए ।

    गगन अनुपस्थित भएपछि सभापतिको कुर्सी खाली राखेर कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बसेको हो । चुनावको समीक्षा र भावी रणनीति तयार गर्न कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बसेको जनाइएको छ। पार्टी सभापति थापाले बुधबार पदबाट राजीनामा दिएकाले यो बैठकमा उपसभापति विश्वप्रकाश शर्मा नेतृत्वमा बसेको हो ।

    बैठकमा दुई वटा प्रस्ताव पेश भएका छन् । दिउँसोबाट सुरु भएको बैठकमा सभापति गगन थापाले दिएको राजीनामा र प्रतिनिधिसभा निर्वाचनको समीक्षा गरी दुई प्रस्ताव पेश भएका हुन् । सहमहामन्त्री उदयशमशेर राणाले बैठकमा लिखित रूपमा पेश भएका दुई प्रस्ताव फेसबुकमार्फत सार्वजनिक गरेका छन् ।

    सभापति थापाले बुधबार उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामापत्र बुझाएका थिए । यो समाचार तयार पारुञ्जेलसम्म् बैठकमा भएको छलफल र निष्कर्षको विवरण हुन बाँकी छ ।

     



    फास्ट न्युज    
  • २०८२ चैत्र ६, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट