logo

२०८३ बैशाख ४ शुक्रबार

logo
  • २०८३ बैशाख ४ शुक्रबार
  • किन बस्दैछ आज कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक ?

    943Shares
    किन बस्दैछ आज कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक ?

    काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बुधबार बस्दैछ । बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेका लागि बोलाइएको छ ।

    बैठकमा पुस २६ देखि २९ गतेसम्म आयोजना हुने १५औँ महाधिवेशन, आगामी माघ ११ गते हुने राष्ट्रियसभाको निर्वाचन र फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ ।

    केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूलाई बैठकमा अनिवार्य उपस्थित हुन अनुरोध गरिएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।



    फास्ट न्युज    
  • २०८२ पुष ९, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट