logo

२०८३ जेष्ठ १९ मंगलवार

logo
  • २०८३ जेष्ठ १९ मंगलवार
  • गृहमन्त्री अर्याल राष्ट्रिय सभा सदस्यमा सिफारिस गरिए

    928Shares
    गृहमन्त्री अर्याल राष्ट्रिय सभा सदस्यमा सिफारिस गरिए

    काठमाडौं– सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले अर्याललाई राष्ट्रिय सभा सदस्यका लागि राष्ट्रपति रामचन्द्र पौडेलकहाँ सिफारिस गर्ने निर्णय लिएको हो ।

    अर्याललाई अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले गत भदौ ३० गते गृहमन्त्रीमा नियुक्त गरेकी थिइन् । अर्याल काठमाडौं महानगरपालिमा बालेन्द्र साह मेयर हुँदा कानुनी सल्लाहकार पनि थिए । कानुन व्यवसायी उनी वर्तमान अन्तरिम सरकार बनाउने काममा पनि लागेका थिए ।

    यसअघि वर्तमान अर्थमन्त्री रामेश्वर खनाललाई राष्ट्रियसभामा लाने चर्चा थियो । तर प्रधानमन्त्री कार्कीले निर्वाचन सफल बनाउन खेलेको भूमिकाका आधारमा ओमप्रकाशलाई माथिल्लो सदनमा पठाउने निर्णय गरेकी हुन् ।

     



    फास्ट न्युज    
  • २०८२ चैत्र १, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट