logo

२०८३ जेष्ठ २४ आईतवार

logo
  • २०८३ जेष्ठ २४ आईतवार
  • प्रधानन्यायाधीशका लागि ६ न्यायाधीशको नाम सिफारिस

    913Shares
    प्रधानन्यायाधीशका लागि ६ न्यायाधीशको नाम सिफारिस

    काठमाडौं– सर्वाेच्च अदालतको भावि प्रधान्यायाधीशका लागि ६ जना न्यायाधीशको नाम सिफारिस भएको छ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत उमेरहदका कारण अवकाशमा जाँदैछन् । उनी ६५ वर्षको भए । सोही कारण न्यायपरिषद्ले सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीशहरू कुमार रेग्मी, हरि फुँयाल, डा मनोजकुमार शर्मा, डा नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको हो ।

    प्रधानन्यायाधीशका लाग सर्वाेच्च अदालतमा ३ वर्ष काम गरेका न्यायाधीशहरू योग्य मानिन्छन् । प्रधानन्यायाधीश अवकाशमा जानुभन्दा एक महिना पहिले नै नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गर्ने व्यवस्था छ ।

    प्रतिनिधिसभा निर्वाचन भर्खरै सकिएकाले संवैधानिक परिषद्ले पूर्णता पाएको छैन । अहिले सभामुख, उपसभामुख, प्रमुख विपक्षी दलका नेताको टुंगो लागेको छैन । संवैधानिक परिषद्ले सिफारिस गर्ने प्रस्तावित प्रधानन्यायाधीश संसदीय सुनुवाइबाट अनुमोदन भएपछि नियुक्त हुने संवैधानिक व्यवस्था छ ।



    फास्ट न्युज    
  • २०८२ फाल्गुन २७, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट