logo

२०८३ बैशाख २ बुधबार

logo
  • २०८३ बैशाख २ बुधबार
  • प्रतिनिधिसभा निर्वाचन पाँच दिन बाँकी, एक हजार ६१ उजुरी फर्छ्यौट

    841Shares
    प्रतिनिधिसभा निर्वाचन पाँच दिन बाँकी, एक हजार ६१ उजुरी फर्छ्यौट

    काठमाडौं । जिल्ला आचारसंहिता अनुमगन समिति र अनुगमन अधिकृतसमक्ष कूल एक हजार ७६ उजुरी परेको छ । निर्वाचन आयोगका अनुसार प्राप्त भएका उजुरीमध्ये एक हजार ६१ अर्थात् ९९ प्रतिशत फछ्र्यौट भएको छ ।

    प्रदेशगत रूपमा सबैभन्दा धेरै लुम्बिनी प्रदेशमा २४४ उजुरी परेका छन भने सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा ९६ उजुरी परेका छन् । प्राप्त उजुरीमध्ये ९७ लिखित र ९७९ टेलिफोन, एसएमएसलगायत अन्य स्रोतबाट प्राप्त भएका थिए ।

    प्राप्त उजुरीमध्ये सबैभन्दा धेरै तोकिएको आकारभन्दा ठूला तुल ब्यानर र झण्डा प्रयोग गरेको रहेको आयोगले जनाएको छ । यस्तै, सामाजिक सञ्जालको दुरुपयोग गरेको, डिजे माइक बजाएर ध्वनि प्रदूषण गरेको उजुरी पनि परेको छ ।

    त्यस्तै, शिक्षक तथा कर्मचारी र स्थानीय जनप्रतिनिधि प्रचारप्रसारमा हिँडेको, सार्वजनिक स्थान र सवारीसाधनमा झण्डा टाँगेको, अनुमति नलिएका सवारी साधन प्रयोग गरेको लगायतका छन् । –रासस



    फास्ट न्युज    
  • २०८२ फाल्गुन १६, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट