logo

२०८३ बैशाख १८ शुक्रबार

logo
  • २०८३ बैशाख १८ शुक्रबार
  • विप्लवलाई प्रचण्डल भने- आउनूस् बृहत एकता गरौँ

    928Shares
    विप्लवलाई प्रचण्डल भने- आउनूस् बृहत एकता गरौँ

    काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेत्रविक्रम चन्द ‘विप्लव’लाई आत्मसमिक्षासहित बृहत कम्युनिष्ट एकतामा सामेल हुन आग्रह गरेका छन्।

    बुधबार पार्टी कार्यालय पेरिसडाँडामा विप्लव नेतृत्वको पार्टीबाट विद्रोह गरेका नेताहरूलाई नेकपामा समायोजन गर्ने कार्यक्रममा बोल्दै प्रचण्डले कम्युनिष्ट एकताबाट टाढा रहँदा पछि पश्चाताप हुने चेतावनी दिँदै आत्मसमिक्षासहित एकतामा आउन आग्रह गरेका हुन्।

    उनले समाजवादी मोर्चामा रहँदा विप्लवलाई पनि एकतामा ल्याउने प्रयास अन्तिम चरणमा पुगेको तर जेन–जी आन्दोलनपछि विप्लवको नेतृत्व वैचारिक अन्यौलमा परेको दाबी गरे। राष्ट्र असाधारण परिस्थितिमा रहेकाले कुनै आवेगमा नभई कम्युनिष्ट आन्दोलनका घटकहरूलाई एकताबद्ध गरेर शक्ति आर्जन गर्ने प्रयास गरिएको तर विप्लवले त्यो अवसर गुमाएको प्रचण्डको भनाइ थियो।

    प्रचण्डले विप्लवप्रति कुनै आक्रोश नरहेको उल्लेख गर्दै अझै पनि आत्मसमिक्षासहित आए स्वागत गर्न तयार रहेको स्पष्ट पारे। देश अहिले असहज अवस्थामा रहेकाले एकताबद्ध भई देशव्यापी अभियानमा जान नसके मुलुक अर्को दुर्घटनातर्फ जान सक्ने भन्दै उनले कम्युनिष्ट एकताको आवश्यकता औँल्याए।

    कार्यक्रममा प्रचण्डले अन्य कम्युनिष्ट घटकहरूलाई पनि एकतामा सामेल हुन आह्वान गरे। सो अवसरमा विप्लव नेतृत्वको नेकपा माओवादीका केन्द्रीय सदस्य तथा विद्यार्थी संगठनका पूर्वअध्यक्ष चिरञ्जीवी ढकालसहितका नेताहरू नेकपामा प्रवेश गरेका थिए।



    फास्ट न्युज    
  • २०८२ माघ १४, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट