काठमाडौं। काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले कार्यपालिका अन्तर्गत ४ वटा समितिका संयोजकहरूको जिम्मेवारी हेरफेर गरेका छन्।
नगरप्रमुख बालेनले सूचना प्रविधि समिति, सुशासन समिति, सम्पदा तथा पर्यटन समिति र विधायन समितिका संयोजकहरूको जिम्मेवारी हेरफेर गरेका हुन्।
वडा नम्बर १७ का अध्यक्ष नविन मानन्धरलाई सूचना प्रविधि समितिको संयोजकबाट हटाएर वडा नम्बर ५ का अध्यक्ष वीरेन्द्र प्रजापतिलाई दिइएको छ। वडा नम्बर २६ का अध्यक्ष ख्यामराज तिवारी सुशासन समितिको जिम्मेवारीबाट हटाएर वडा नम्बर ३० का अध्यक्ष दलबहादुर कार्कीलाई राखिएको बालेनको सचिवालयले जनाएको छ।
यसैगरी वडा नम्बर ८ का अध्यक्ष आशामान संगत सम्पदा तथा पर्यटन समितिका संयोजक थिए। उक्त समितिको संयोजक वडा नम्बर २४ का अध्यक्ष विनोद कुमार राजभण्डारी बनाइएको छ। वडा नम्बर २३ का अध्यक्ष मचाराजा महर्जन विधायन समितिको संयोजक रहेकोमा उनको स्थानमा वडा नम्बर १६ का अध्यक्ष रोजिना श्रेष्ठलाई तोकिएको छ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया