logo

२०८३ जेष्ठ २९ शुक्रबार

logo
  • २०८३ जेष्ठ २९ शुक्रबार
  • देशभर १६ आगलागीका घटना, दुई जनाको ज्यान गयो

    1KShares
    देशभर १६ आगलागीका घटना, दुई जनाको ज्यान गयो

    काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, माघ १२ गते बिहानदेखि मङ्गलबार बिहानसम्म देशभर विपद्मा २० घटना भए ।

    त्यसमध्ये कूल १६ वटा आगलागीका घटना भएका छन् । यस्तै, चार वटा जनावर आक्रमणका घटना भए । प्राधिकरणका अनुसार, विपद्मा परेर दुई जनाको ज्यान गयो भने पाँच जना घाइते भए ।

    यस्तै, विपदका कारण रु २५ लाख ६४ हजार बराबरको क्षति भएको प्राधिकरणले जनाएको छ । सिरहामा तीन, मोरङ, बारा र रौतहटमा दुई, सुनसरी, भोजपुर, सर्लाही, मकवानपुर, लमजुङ, प्यूठान, बझाङमा आगलागीका घटना घटे ।

    अधिकांश आगलागीका घटना असावधानीका कारण भएको पाइएको छ । प्राधिकरणका अनुसार, सुनसरी, सप्तरी, चितवन र दैलेखमा भने जनावरका घटना घटे । प्राधिकरणले सुक्खा मौसममा आगलागीका घटनामा वृद्धि हुने भन्दै सावधानी अपनाउन आग्रह गरेको छ । -रासस



    फास्ट न्युज    
  • २०८२ माघ १४, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट