logo

२०८३ श्रावण ११ सोमबार

logo
  • २०८३ श्रावण ११ सोमबार
  • ‘बीपीको विचार कसैको सम्पत्ति होइन, राष्ट्रको साझा मार्गदर्शन हो’ : विश्वप्रकाश शर्मा

    844Shares
    ‘बीपीको विचार कसैको सम्पत्ति होइन, राष्ट्रको साझा मार्गदर्शन हो’ : विश्वप्रकाश शर्मा

    काठमाडौं। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले बीपी कोइरालाको विचार कुनै व्यक्ति, परिवार वा वंशको सम्पत्ति नभई सम्पूर्ण नेपालीको साझा वैचारिक सम्पत्ति भएको बताएका छन्।

    ४४औँ बीपी स्मृति दिवसका अवसरमा बिहीबार आयोजित कार्यक्रममा बोल्दै शर्माले बीपीको विचारमा कसैको ‘ट्रेडमार्क’ लाग्न नसक्ने उल्लेख गर्दै कांग्रेसका नेता–कार्यकर्तालाई विचारको राजनीतिलाई बलियो बनाउन आग्रह गरे।

    उनले आफूहरू बीपी कोइरालाको रगत बोक्ने व्यक्ति नभए पनि उनको विचार, आदर्श र सिद्धान्तलाई केन्द्रमा राखेर राजनीति गरिरहेको बताए। बीपीको राजनीतिक दर्शनलाई जीवित राख्ने काम रगतको सम्बन्धले नभई त्यसका लागि जीवन समर्पित गर्ने कार्यकर्ताले गरेको उनको भनाइ थियो।

    शर्माले गौतम बुद्धपछि विश्वले चिन्ने नेपाली दर्शनका रूपमा बीपी कोइरालाको विचारलाई स्थापित गर्नु कांग्रेसको दीर्घकालीन लक्ष्य हुनुपर्ने धारणा राखे। उनले बदलिएको समयअनुसार बीपीका सिद्धान्तलाई व्यवहारमा उतार्दै देशलाई अघि बढाउनुपर्नेमा जोड दिए।

    पार्टीभित्र मतभेद र आलोचना हुनु लोकतान्त्रिक अभ्यासको स्वाभाविक पक्ष भएको उल्लेख गर्दै उनले त्यसलाई सकारात्मक रूपमा ग्रहण गर्न कार्यकर्तालाई आग्रह गरे।

    उनले आगामी पुस्ताले पनि बुद्धपछि नेपालका महान् व्यक्तित्वको नाम लिँदा बीपी कोइरालालाई स्मरण गर्ने वातावरण निर्माण गर्नु कांग्रेसको ऐतिहासिक दायित्व भएको बताए।



    फास्ट न्युज    
  • २०८३ श्रावण ७, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट