logo

२०८३ बैशाख ४ शुक्रबार

logo
  • २०८३ बैशाख ४ शुक्रबार
  • नेपाल महिला टी-२० विश्वकप छनौटबाट बाहिरियो

    958Shares
    नेपाल महिला टी-२० विश्वकप छनौटबाट बाहिरियो

    काठमाडौं । नेपाल आइसीसी महिला टी-२० विश्वकप ग्लोबल क्वालिफार्यसको समुह चरणबाटै बाहिरिएको छ ।समुह चरणको अन्तिम खेलमा सोमबार स्कटल्याण्डसँग ७२ रनले पराजित भएपछि नेपालको विश्वकपमा छनौटको सम्भावना सकिएको हो ।
    स्कटल्याण्डले दिएको १४१ रनको लक्ष्य पछाएको नेपाल १३.५ ओभरमा ६८ रन बनाएर अल आउट भएको थियो । नेपालका लागि रोमा थापा र बिन्दु रावलले १४-१४ रन बनाए भने रुबिना क्षेत्रीले १० रन बनाएकी थिइन् । यसअघि टस हरेर पहिला ब्याटिंग गरेको स्कटल्याण्डले २० ओभरमा अल आउट हुदै १४० रन बनाएको थियो ।

    यो हारसँगै नेपाल समुह बि बाट सुपर सिक्समा छनौट हुन असफल भएको छ । नेपालले ४ खेलमा एक मात्र जित हासिल गरेको थियो । योसँगै समुह बी बाट नेदरल्याण्डस, स्कटल्याण्ड र थाइल्याण्ड सुपर सिक्समा पुगेका छन् ।



    फास्ट न्युज    
  • २०८२ माघ १२, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट